रुवी भ्यालीमा वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन समुदाय अभिमुखीकरण

 जेठ २२, २०७९ आइतबार ११:४५:४९ | रामकुमार थापा
unn.prixa.net

धादिङ – धादिङको रुवी भ्याली गाउँपालिका  ५ लापाको ठुलो गाउँमा सुरक्षित वैदेशिक रोजगारीको लागि समुदाय अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

वैदेशिक रोजगारीमा जाने युवाहरूलाई सही सूचना र परामर्श दिने उद्देश्यले समुदाय अभिमुखीकरण कार्यक्रमको आयोजना निवर्तमान वडा अध्यक्ष धिराज तामाङले जानकारी दिनुभयो । वैदेशिक रोजगारीमा लहैलहैमा जाँदा लापामा विभिन्न समस्या आएको भन्दै तामाङले लापावासीले रोजगारीका लागि विदेश जाँदा कुनै समस्या भोग्नु नपरोस् भनेर कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । 

समुदाय अभिमुखीकरण कार्यक्रममा स्थानीय लगायत  लापा  माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको समेत सहभागिता गरिएको हो । 

श्री लापा कुकु सामुदायिक सिकाई केन्द्रका अध्यक्ष म्लङगे तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष रम्बा तामाङको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा लापा रेडक्रस उपशाखाका सभापति मिम्बा तामाङ, लापा माविका प्रधानाध्यापक शशीप्रसाद चौधरी, लापा प्रहरी चौकी इन्चार्ज युवराज गुरुङ, वडा नम्बर ५ का वडा सदस्य लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सुरक्षित आप्रवासन सामी परियोजना धादिङका कार्यक्रम संयोजक तथा अधिवक्ता  दिनेश दुवाडीले सुरक्षित वैदेशिक रोजगारको लागि अपनाउने प्रक्रियाको बारेमा जानकारी गराउनुभयो ।

विदेश जानु पूर्व सीप अनिवार्य सिक्नुपर्ने, आफू जाने देशबारेमा जानकारी हुनुपर्ने, बिमा, स्वास्थ्य परीक्षण, श्रम स्वीकृति, नेपालकै एयरपोर्ट प्रयोग गर्ने र कागजपत्रको महत्त्वको विषयमा जानकारी गराउनुभएको थियो ।

स्वदेशमै रोजगारी गरौँ तथा विदेश जाने भए सही सूचना लिएर मात्रै जाऔँ भन्ने उद्देश्यले धादिङको ४ वटा पालिकामा सुरक्षित आप्रवासन सामी परियोजना सञ्चालनमा रहेको छ । सामी नेपाल सरकार र स्वीस सरकारबीच भएको दुई पक्षीय परियोजना हो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामकुमार थापा

थापा धादिङको नीलकण्ठ नगरपालिकाकाे वरिष्ठ मनोविमर्शकर्ता हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया