१२ देखि १७ वर्षसम्मका बालबालिकाले आजदेखि बुस्टर डोज लगाउन पाउने

 जेठ २७, २०७९ शुक्रबार ९:५५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - १२ देखि १७ वर्षसम्मका बालबालिकाले आजदेखि कोरोना भाइरस विरुद्धको बुस्टर डोज लगाउन पाउने भएका छन् ।

पूर्ण मात्रा खोप लिएर तीन महिना पुगेकालाई बुस्टर डोज दिन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो उमेर समूहका बालबालिकालाई सरकारले मोडर्ना तथा फाइजर खोप दिएको थियो ।

१२ देखि १७ वर्षसम्मका बालबालिकाले  बुस्टर डोजमा मोडर्ना तथा फाइजर जुन लगाए पनि हुने मन्त्रालयले जनाएको छ । सरकारले आउँदो असार ९ गतेदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप दिने तयारी पनि गरेको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया