नेपाललाई फलफूल बगैँचा बनाइने

 जेठ २२, २०७५ मंगलबार १४:२:३९ | रासस
unn.prixa.net

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले हरियालीमय र फलफूलमय नेपाल बनाउने सरकारको अभियानमा सहयोग पुर्‍याउन सबै तह र तप्काका नागरिकसँग आग्रह गर्नुभएको छ । 

‘सिंहदरबार बगैँचा’मा लिची र एबोगार्डोको बिरुवा रोपेर ‘एक नेपाली एक फलफूल’को बिरुवा अभियानको आज शुभारम्भ गर्दै उहाँले नेपाललाई फलफूल र हरियाली बनाउने अभियानमा योगदान पुर्‍याउन सबैसँग आह्वान गर्दै भन्नुभयो, ‘वन जोगाऔँ, वन बढाऔँ, फलफूल लगाऔँ, हरियाली बढाऔँ, आम्दानी बढाऔँ, वातावरण सपारौँ, ।’ नेपालमा हाल करीब ४५ प्रतिशत वनक्षेत्र छ । 

आज मुलुकभर एक लाखको संख्यामा बिरुवा रोपण भएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी वातावरणप्रति सजग छौँ, अब एक वर्षको अवधिमा करोडौँको संख्यामा वृक्षरोपण हुनेछ । 

विदेश निर्यात गर्न सकिने हुनाले फलफूल व्यवसाय आम्दानीको राम्रो स्रोत हुन सक्छ भन्दै उहाँले फलफूलबाट भोजनलाई सन्तुलित बनाउन र जीवजन्तुको संरक्षणमा समेत महत्वपूर्ण योगदान पुग्ने विचार प्रकट गर्नुभयो । 

सो अवसरमा आँप, लिची, एबोगार्डो, अनार, अम्बा, सुन्तलालगायत गरी फलफूलका ४०० बिरुवा रोपिएको थियो । उपप्रधानमन्त्री, मन्त्रिगण, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख पनि वृक्षरोपण कार्यक्रममा सहभागी हुनुभयो । जमीनको सदुपयोग गरी नेपाललाई फलफूलको बगैँचा बनाउने लक्ष्यका साथ उक्त अभियान शुरु भएको हो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया