बेलायत सरकारको सहयोगमा तयार पारिएको एप्लिकेशन नेपाललाई हस्तान्तरण

 असार ९, २०७९ बिहिबार १५:११:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बेलायत सरकारको सहयोगमा तयार पारिएको वित्तीय व्यवस्थापन एप्लिकेशन नेपाललाई हस्तान्तरण भएको छ । काठमाण्डौमा आज बिहीवार भएको एक कार्यक्रममा नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले महालेखा नियन्त्रक सुमन अर्याललाई एप्लिकेशन हस्तान्तरण गर्नुभएको हो ।

सूत्र सफ्टवेर यसअघि नै सबै पालिकाले कार्यान्वयन गरे पनि आजदेखि भने एप्लिकेशनको समेत सुरुवात भएको हो । पालिका सरकारका लागि तयार पारिएको वित्तीय व्यवस्थापन सफ्टवेरलाई सूत्र भनेर पनि चिनिन्छ । सूत्रले सबै पालिकालाई उनीहरूकाे सार्वजनिक वित्त व्यवस्थापन गर्न मद्दत गर्छ ।

उदाहरणका लागि यसअघि पालिकाले कार्यक्रम र गतिविधिको योजना बनाउने, कार्यक्रमका लागि रकम विनियोजन गर्ने, आय–व्ययको अभिलेख राख्ने र महालेखा नियन्त्रकको कार्यालयमा बुझाउन झन्झटिलाे र एक्सेल सिटको प्रयोग गर्नुपर्थ्याे । तर अब सूत्र सफट्वेरमार्फत राजस्व अनुमान, बजेट तयार, बजेट स्वीकृत, विभिन्न स्रोतबाट प्राप्त कोषको विवरण, रिपोर्टिङका साथै लैङ्गिक सामाजिक समावेशीकरण र जलवायु परिवर्तन न्युनीकरण र अनुकूलनका गतिविधि सञ्चालनको प्रत्यक्ष प्रविष्ट र अनुगमन गर्न सकिनेछ ।

कार्यक्रममा महालेखा नियन्त्रक अर्यालले सूत्रले वित्तीय तथ्याङ्कको गुणस्तर सुधार्न सहयोग गरेको र प्रमाणमा आधारित योजना तथा बजेट तर्जुमा गर्न र सरकारी आय–व्ययको 'लाइभ' जानकारी लिन निकै सजिलो भएको बताउनुभयो । सूत्रले सङ्घीय र तीनै तहका सरकारलाई वित्तीय विवरणमा जोडिन सहयोग पुर्‍याएकाे उहाँकाे भनाइ छ । 

यस्तै नेपालका लागि बेलायती राजदूत पोलिटले सूत्रले पारदर्शीता र प्रभावकारीतामा सुधार गरेको आफूले प्रत्यक्ष अवलोकनबाट देखेको बताउनुभयो । सूत्र तयार पार्ने काम सन् २०१७ देखि नै सुरु भएको र अहिले सबै पालिकाले लागू गरेका छन् । सूत्रकै आधारमा अहिले पालिकाले विद्युतीय भुक्तानीको सुरुवात गरेका छन् । दुई सय वटाभन्दा धेरै पालिकाले विद्युतीय भुक्तानीको सुरुवात गरेको र छिटै सबै पालिकामा लागू हुने महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया