प्रेम आले गौरव गर्नुपर्ने मन्त्रीमा पर्नु हुन्छ : पर्यटन सचिव न्यौपाने

 असार १३, २०७९ सोमबार १६:३१:३८ | विमल बिष्ट
unn.prixa.net

काठमाण्डौ – मन्त्रिपरिषद् पुनर्गठनपछि आज सोमवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई आज सोमवार मन्त्रालयबाट बिदाइ गरिएको छ । बिदाइ कार्यक्रममा पर्यटन सचिव महेश्वर न्यौपानेले निवर्तमान मन्त्री आले कर्मचारीतन्त्रका लागि गौरव गर्नुपर्ने मन्त्री भएको बताउनुभएको छ । 

नयाँ मन्त्री जीवनराम श्रेष्ठको स्वागत कार्यक्रमअघि मन्त्रालयको सभा कक्षमा आयोजित बिदाइ समारोहमा सचिव न्यौपानेले मन्त्री आलेको झन्डै नौ महिने कार्यकालमा समग्र कर्मचारी र मन्त्रालयको प्रतिष्ठा बढेको बताउनुभयो । ‘उहाँ डर, दबाब, धम्की, आर्थिक प्रलोभनमा कहिल्यै पर्नुभएन । मनमा लागेको कुरा जे हो भनिहाल्नु हुन्थ्यो । कर्मचारीलाई दबाब पनि कहिल्यै दिनुभएन’, सचिव न्यौपानेले भन्नुभयो, ‘हुने कामलाई हुन्छ भन्नुहुन्थ्यो भने नहुने कामलाई हुन्न भन्नुहुन्थ्यो । त्यसैले होला उहाँलाई जनताले एक्शन मन्त्रीको उपाधि दिएको ।’

सचिव न्यौपानेले मन्त्री आले जति दिन मन्त्रालयमा बस्नुभयो उति दिन जनताको पक्षमा काम गरेको बताउनुभयो । बिदाइ कार्यक्रममा बोल्दै निवर्तमान मन्त्री आलेले आफ्नो पहिलो प्राथमिकता जहिल्यै सरकार र जनताको पक्षमा रहेको उल्लेख गर्दै अबको समय पनि त्यसमै खटिरहने बताउनुभयो । 

उहाँले नयाँ मन्त्री जीवनराम श्रेष्ठलाई पनि आफूलाई जस्तै सहयोग गरेर जनताको नजरमा वाहवाही बटुल्न सक्ने बनाउन कर्मचारीलाई आग्रह दिनुभएको थियो । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया