अछामकाे मङ्गलसेनमा अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा

 असार २१, २०७९ मंगलबार १२:२९:१५ | विमल बिष्ट
unn.prixa.net

डोटी - जिल्ला प्रशासन कार्यालय अछामले सदरमुकाम मङ्गलसेनका विभिन्न ठाउँलाई अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरेको छ ।

अछामको पञ्चदेवल विनायक–४ का विनोद शाहीको ज्यान गएकाे घटनालाई लिएर दैनिक प्रदर्शन हुन थालेपछि आज बिहानदेखि अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरिएकाे जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी दीपेश रिजालले बताउनुभयो ।

उहाँले भन्नुभयो, 'विनोद शाहीको मृत्यु प्रकरणमा केही व्यक्ति पक्राउ पर्नु भएको छ, प्रहरीले पक्राउ परेकालाई अदालतसम्म लैजाने अवस्था नरहेकाले अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरिएको हो, वातावरण शान्त भए निषेधित क्षेत्र हटाइने छ ।'

उहाँका अनुसार अछाम दरबार क्षेत्र, जिल्ला अदालत, जिल्ला सरकारी वकिल कार्यालय, बैरागी धारा, बस काउन्टर, मङ्गलसेन नगरपालिका कार्यालय तथा कृषि ज्ञान केन्द्र आसपासको जीप काउन्टर क्षेत्र भित्रलाई निषेधित क्षेत्र घोषणा गरिको छ ।

निषेधित क्षेत्र घोषण ठाउँमा कुनै पनि विरोधका कार्यक्रम नगर्न/नगराउन तथा भेल नहुन प्रशासनले आदेश दिएको छ । निषेधित क्षेत्र उल्लङ्घन गरेको पाइएमा कानुनी कारबाही हुने समेत जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मृतक शाहीको न्याय मागका लागि सोमवार सदरमुकाम मङ्गलसेन पुगेका आफन्त, स्थानीयवासी तथा प्रहरीबीच झडप भएको थियो । झडपमा परि १२ जना नेपाल प्रहरी तथा दजर्नौँ स्थानीयवासी घाइते भएका प्रहरीले जनाएको छ । गएकाे वैशाख १७ गते बेपत्ता भएका विनोद शाही २० गते मृत अवस्थामा फेला पर्नु भएको थियो ।  

उहाँको हत्या गरिएको भन्दै परिवारले अछाम पञ्चदेवलकी नगर प्रमुख अम्बिका चलाउने, वडा नम्बर ४ का निवर्तमान अध्यक्ष सदनबहादुर शाही, दानमति बम शाहीसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएको छ। नगर प्रमुख चलाउनेसहित सा जना घटनामा संलग्न रहेको आरोपमा पक्राउ पर्नु भएको छ भने किटानी जाहेरी दर्ता गराइएकामध्ये ६ जना अझै फरार रहेका अछाम प्रहरीले जनाएको छ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया