अछामका विनोद शाही हत्या प्रकरण : आराेपित चार जना पुर्पक्षका लागि कारागार चलान

 असार २५, २०७९ शनिबार १०:१९:२६ | विमल बिष्ट
unn.prixa.net

डाेटी - अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको हत्या प्रकरणमा जिल्ला अदालत अछामले चार जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ। 

जिल्ला अदालतले हत्या आरोपमा पक्राउ परेका त्यही  ठाउँका पृथ्वी शाही, वीरेन्द्र शाही, महेन्द्र शाही र देवेन्द्र शाहीलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

गएको वैशाख १७ गते बेपत्ता भएका विनोद शाही २० गते मृत अवस्थामा भेटिएका थिए। 

उहाँको हत्या गरिएको भन्दै परिवारले पञ्चदेवलकी मेयर अम्बिका चलाउने, वडा नम्बर ४ का निवर्तमान अध्यक्ष सदनबहादुर शाही, दानमति बम शाहीसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो ।

सरकारी वकिलको कार्यालयले मेयर अम्बिका चलाउनेसहित तीन जनाविरुद्ध मुद्दा चलाउन प्रमाण नपुग्ने भन्दै मुद्दा नचल्ने निर्णय गरेको थियो। 

प्रहरीले मेयर चलाउने, नेत्रबहादुर शाही र रामबहादुर शाही हत्यामा संलग्न भएको कुनै पनि प्रमाण नभएको भन्दै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया