दौडका क्रममा लडेर बेहोस भएका प्रशिक्षार्थी प्रहरी जवानको ज्यान गयो

 असार २६, २०७९ आइतबार ८:९:१ | विमल बिष्ट
unn.prixa.net

डाेटी - सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा लामो दौडका क्रममा लडेर बेहोस भएका प्रहरी जवानकाे ज्यान गएकाे छ । 

लडेर बेहाेस भएका अछामकाे मेल्लेख गाउँपालिका–६ झाडिगाउँका २१ वर्षीय प्रशिक्षार्थी प्रहरी जवान भरत बोहराको हिजाे उपचारका क्रममा ज्यान गएको हाे ।

तालिम केन्द्रका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार बोहरा गएको २२ गते १० किलोमिटर लामो दौडका क्रममा लडेर बेहोस हुनुभएको थियो ।

लामो समयसम्म होस नआएपछि हेलिकप्टरमार्फत उपचारका लागि उहाँलाई कोहलपुर रेफर गरिएको थियाे । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया