जुम्लाका १ सय ४३ भेडापालकले पाए गोठालो भत्ता

 साउन १, २०७९ आइतबार १९:१२:४८ | नेत्र शाही
unn.prixa.net

हिमा गाउँपालिका २ ओदीमा रहेको लामाविष्णु भेडा फार्म । तस्बिर : नेत्र शाही/जुम्ला ।

जुम्ला – जुम्लाका एक सय ४३ जना भेडापालक किसानले गोठालो भत्ता पाएका छन् । पशु अस्पताल तथा पशु सेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा दुई सय ६५ किसानले निवेदन दिएका थिए । निवेदन परेकामध्ये एक सय ४३ किसानलाई भत्ता दिइएको हो । 

स्थलगत रिपोर्टिङ र मूल्याङ्कनपछि निवेदन दिएकामध्ये एक सय ४३ जनाले गोठालो भत्ता पाएका पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्दबहादुर महतले जानकारी दिनुभयो । ‘सरकारले जुम्लामा भेडाको सङ्ख्या बढाउन यस्तो व्यवस्था गरेको हो । एक वर्षभरि भेडा हेर्ने जाँदा आवश्यक सामान किन्न सहज होस् भनेर उनीहरूलाई प्रोत्साहन स्वरूप गोठालो भत्ता दिने गरिएको छ’, उहाँले भन्नुभयाे ।

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था तथा कृषि मन्त्रालयको सहयोगमा भेडापालक किसानलाई प्रोत्साहन गर्न ‘गोठालो भत्ता’ दिने कार्यक्रम लागू गरिएको हो । कार्यालय प्रमुख महतका अनुसार ५० वटाभन्दा बढी भेडा पाल्ने किसानलाई मासिक एक हजार पाँच सयका दरले वार्षिक १८ हजार रुपैयाँ भत्ता दिइएको छ । 

आइतवार चट्याङले मरेका भेडाका पीडित किसानलाई राहत वितरण कार्यक्रममा कार्यालय प्रमुख महतले भेडापालन किसानलाई सरकारले भत्ता कार्यक्रम निकै राम्रो ल्याएको बताउनुभयो । 

पातारासी गाउँपालिकामा चट्याङमा परि मरेका एक सय ३० वटा भेडाका पालकलाई पाँ लाख २० हजार रुपैयाँ राहत वितरण गरिएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया