सुविधा सम्पन्न देश निर्माणमा इन्जिनियरहरूको योगदान अतुलनीय हुन्छ : प्रधानमन्त्री

 साउन ३, २०७९ मंगलबार १६:१५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले विकास, निर्माणका कामलाई गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षलाई निर्देशन दिनुभएको छ । 

६० औँ इन्जिनियर दिवसको अवसरमा आज मङ्गलवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले सरोकारवालाबीच समन्वय कायम गरी विकास, निर्माणका कामलाई गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षलाई सचेत गराउनुभएको हो । उहाँले नागरिककाे आवश्यकताअनुसार देशकाे समृद्धिका लागि पूर्वाधार निर्माणका लागि इन्जिनियरहरूको भूमिका महत्त्वपूर्ण हुने भएकाले उनीहरू थप क्रियाशील भएर आफ्नो काममा लाग्नुपर्ने आवश्यकतासमेत औँल्याउनुभयो । 

देशलाई समुन्नत र समृद्ध बनाउन सडक, पुल, जलविद्युत् आयोजना, सूचना प्रविधिलगायतका पूर्वाधारहरूको विकासको आवश्यकता हुने स्पष्ट पार्दै प्रधानमन्त्री देउवाले त्यस काममा इन्जिनियरहरूले आफ्नो पेसालाई थप व्यावसायिक र विशिष्ट बनाउँदै लैजाने विश्वाससमेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रिय विकास र आर्थिक समृद्धिको बाटो कोर्न र नागरिकका आवश्यकतालाई चाँडै सम्बोधन गर्न सरकारकाे परिकल्पनाअनुसार विकास, निर्माणका लागि अग्रणी भूमिका निर्वाह गर्ने इन्जिनियरहरू नै हुन् । सुविधा सम्पन्न देश निर्माणमा इन्जिनियरहरूको योगदान अतुलनीय हुन्छ । समयको गतिसँगै यस पेसालाई थप व्यावसायिक र विशिष्ट बनाउँदै राष्ट्रिय आवश्यकता पूरा हुने गरी विकास गर्दै जानुपर्ने खाँचो छ । इन्जिनियरहरूलाई दक्ष बनाउन र उनीहरूले काम गर्ने क्रममा आएका सबै समस्या समाधान गर्न सरकार तयार छ ।’

प्रधानमन्त्री देउवाले विकास, निर्माणको काममा इन्जिनियरहरूलाई कुनै समस्या भए त्यसलाई तत्काल समाधान गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया