डोटीमा १ अर्ब ५७ लाख रुपैयाँ भन्दा बढी बजेट फ्रीज

 साउन ४, २०७९ बुधबार १०:३:५० | विमल बिष्ट
unn.prixa.net

डाेटी – डोटी जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा एक अर्ब ५७ लाख ६० हजार ३६५ रुपैयाँ बजेट फ्रीज भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय सिलगढी डोटीका अनुसार जिल्लामा कुल बजेटको ११ दशमलव ७७ प्रतिशत बजेट  फ्रीज भएको हो ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी जयदेव पन्तका अनुसार जिल्लामा पुँजीगततर्फ एक अर्ब ८४ करोड ६८ लाख १५ हजार ५०० रुपैयाँ बजेट विनियोजन भएकोमा जम्मा एक अर्ब १९ करोड ३५ लाख ८२ हजार ४४५ रुपैयाँ मात्रै खर्च भएको छ । यो रकम पुँजीगततर्फ कुल विनियोजित रकमको करिब ३५ प्रतिशत मात्रै हो ।

यसैगरी आर्थिक वर्ष २०७८०७९ का लागि जिल्ला विनियोजित ६ अर्ब ७० करोड ८ लाख ३५ हजार ९६५ रुपैयाँमध्ये ६ अर्ब ३४ करोड ८३ लाख ८ हजार ५५४ खर्च भएको छ । यो रकम कुल चालु रकमको करिब ९५ प्रतिशत हो । जिल्लामा याे अवधिमा ५८ करोड २६ लाख ७१ हजार ४७३ रुपैयाँ राजश्व सङकलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया