सगरमाथा क्षेत्रमा पक्षीलाई पासाे थाप्ने एक व्यक्ति पक्राउ

 साउन ८, २०७९ आइतबार ७:२३:७ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट सात थान पासोसहित एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-४ गुदेलका ५८ वर्षीय जितबहादुर राई रहेका निकुञ्ज कार्यालय नाम्चेले जनाएको छ ।

खुम्बु पासाङ ल्हामु गाउँपालिका-५ फोर्चेमा रहेकाे बारीमा पक्षीलाई थापिएको पासोसहित राईलाई पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी विष्णु रोकायले जानकारी दिनुभयो । पक्राउ परेका राईलाई निकुञ्जको सुधार गृहमा राखेर अनुसन्धान सुरु गरिएकाे छ ।

२०३२ सालमा स्थापना भएको निकुञ्ज १ हजार १ सय ४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । सन् १९७९ देखि निकुञ्ज विश्व सम्पदा सूचीमा सूचीकृत भएको हो । यहाँ कस्तुरी मृग, हिमाली भालु, हिउँ चितुवा, थार, घोरल, झारलजस्ता वन्यजन्तुका साथै डाँफे, चिलिमे, कालीज, हिम कुखुरा, लालचुच्चे काग (टुङ्गा) र पहेँलो चुच्चे काग (टेमु ) लगायत १ सय ९३ प्रजातिका चरा पाइन्छन् । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया