नवलपरासीको दाउन्नेमा बस दुर्घटना हुँदा ३६ जना घाइते

 साउन ११, २०७९ बुधबार ९:४०:६ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी - पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पूर्व नवलपुरको विनय त्रिवेणी–२ दाउन्नेमा बिहान भएको बस दुर्घटनामा ३६ जना घाइते भएका छन् । 

महेन्द्रनगरबाट काठमाण्डौका लागि छुटेको ना ५ ख ५१०० नम्बरको बस सडक छेउको ढिस्कोमा ठोक्किँदा पल्टिएको हो ।

पल्टिएपछि  बसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा परेका केहीलाई आगोले पोलेको छ ।

प्रहरीका अनुसार  घाइते २१ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा, दुई जनाको नयाँ मेडिकल कलेज भरतपुर र १३ जनाको मध्यबिन्दु जिल्ला अस्पताल नवलपुरमा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया