साेलुखुम्बुबाट १२ सय क्विन्टल भन्दा बढी जडिबुटी निकासी

 साउन १४, २०७९ शनिबार १३:५२:३९ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुबाट एक आर्थिक वर्षमा १२ सय क्विन्टल भन्दा बढी जडीबुटी (गैर काष्ठ वन पैदावर) निकासी भएको छ ।

गएकाे आर्थिक वर्ष २०७८/०७९ मा जिल्लाको सामुदायिक, निजी र राष्ट्रिय वन क्षेत्रबाट १२ सय ४८दशमलव ३ क्विन्टल जडीबुटी निकासी भएको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ । कार्यालयका सहायक वन अधिकृत आनन्द चौधरीका अनुसार सामुदायिक वनबाट ६० हजार ६ सय १० किलो, निजी वनबाट ४९ हजार एक सय किलो र राष्ट्रिय वनबाट १५ हजार १२० किलो जडीबुटी निकासी भएको हो ।

कार्यालयको तथ्यांक अनुसार लिखुपिके, सोताङ, महाकुलुङ र माप्यदुधकोशी गाउँपालिका क्षेत्रबाट बढी मात्रा गैर काष्ठ वन पैदावर निकासी भएको छ । जिल्लामा सामुदायिक वन ३२ हजार ७ सय ३ दशमलव ९६ हेक्टर, निजी १८५ दशमलव ५ हेक्टर र राष्ट्रिय वन ६ हजार ८ सय ८५ दशमलव ३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । ती वन क्षेत्रहरुबाट मछिनो, चिराईतो, मजिठो, लोक्ता, अर्गेली, कालो तथा सेतो मुस्ली, धुपीको पात तथा चोइटा, मलागिरी, तितेपाती, विषजरा, गोब्रे सल्लाको पात, कुट्की, पदमचाल, पाखम्भेद, बुकीफुल लगायतका जडीबुटी निकासी हुने गरेको अधिकृत चौधरीले बताउनुभयो ।

यी जडीबुटीहरु औषधिका लागि झापा, काकड्भिट्टा, काठमाण्डौ हुँदै भारत निकासी हुने गरेको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया