चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३७ वटा गैँडा मरे, २ सय २२ वन्यजन्तुको उद्धार

 साउन २४, २०७९ मंगलबार ११:२९:१२ | राधेश्याम खतिवडा
unn.prixa.net

फाइल तस्बिर

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३७ वटा गैँडा मरेका छन् । यी गैँडा विभिन्न कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार ३३ गैँडा प्राकृतिक कारणले मरेका हुन् भने दुई गैँडा शिकारीले मारेका हुन् । एउटाको कारण खुलेको छैन । एउटा गैँडा भने मानवीय लापरबाहीका कारण खाडलमा परेर मरेको हो ।

यस्तै, एक वर्षमा ६ वटा बाघ प्राकृतिक कारणले मरेका तिवारीले बताउनुभएको छ  । ६ वटै बाघ उपचारको क्रममा मरेको उहाँले जानकारी दिनुभएको छ । १० वटा अर्ना पनि प्राकृतिक कारणले मरेका छन् । इन्क्लोजरमा राखिएका अर्ना बाघको आक्रमणबाट मर्ने गरेका छन् ।

एक वर्षको अवधिमा निकुञ्जमा  २ सय ४ वन्यजन्तु मरेका छन् । तीमध्ये प्राकृतिक कारणले १ सय ४ मरेका छन् । यस्तै, निकुञ्जले गएको आर्थिक वर्षमा तीन गैँडासहित १९ प्रजातीका २ सय २२ वन्यजन्तुको उद्धार गरेको छ । सात बाघ, १५४ अजिंगर, १४ चित्तल, नौ मगर गोही र आठ कछुवाको उद्धार गरिएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभएको छ । एक किंग कोब्रासहित सात सर्पको पनि उद्धार गरिएको छ । चितुवा, जरायो, उल्लु, गिद्ध, भुडीफोर गरुड, मयुर, बँदेल एक/एक वटा उद्धार गरिएको उहाँले बताउनुभयो । चार लगुना, तीन निर बिरालो, दुई नीलगाई, दुई चिल र दुई रतुवाको पनि उद्धार गरिएको निकुञ्जको तथ्यांकमा रहेको छ  ।

निकुञ्जले वन्यजन्तुको चोरी शिकारीको मुद्धामा गएको आर्थिक वर्षमा  ५४९ जनालाई पक्राउ गरेको छ । सात जना संरक्षित वन्यजन्तुको चोरी शिकारीमा संलग्न थिए । चोरी शिकारीमा संलग्न सातमध्ये छ जना गैँडा शिकारी रहेको तिवारीले जानकारी दिनुभयो । गैँडा, बाघ, हात्ती लगायत २७ प्रजातीका वन्यजन्तुलाई संरक्षित वन्यजन्तुको सूचीमा राखिएको छ ।
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया