अनुशासित र मेहनती नागरिक भएका देशमात्रै विकासमा अघि बढ्छन् : अध्यक्ष नेपाल

 भदौ १२, २०७९ आइतबार १७:५६:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशलाई गरिबी र पछौटेपनबाट मुक्त गर्न प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । 

आज आइतवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको काठमाण्डाैमा आयोजित केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले देशलाई गरिबी, अभाव र पछौटेपनबाट मुक्त गर्न प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिनुपर्ने बताउनुभएको हो । उहाँले देशको वर्तमान शिक्षा प्रणालीलाई व्यावहारिक बनाउनुपर्ने बताउनुभयो । उहाँले सबै नागरिकलाई सिपको तालिम दिनुपर्ने पनि बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘नेपाललाई पनि प्रगतlको बाटोमा लिएर जानुछ भने गरिबी, अभाव र पछौटेपनबाट मुक्त गर्नुपर्छ । त्यसको निम्ति शिक्षा प्रणाली ठिक हुनुपर्छ । अहिलेको व्यवहारलाई निर्देशित गर्ने शिक्षा प्रणाली छ कि छैन ? पढाइ, पढाइको निम्ति हो कि पढाइ समाजको परिवर्तनको निम्ति हो ? या उत्पादनमा वृद्धि गर्नका निम्ति हो ? देशको विकास गर्नका निम्ति हो ? ज्ञान र बुद्धिको सदुपयोग गर्नका निम्ति हो ? भन्ने कुरामा हामीले प्रष्ट भएर त्यसअनुसारकाे शिक्षा नीति अवलम्बन गर्नुपर्छ ।’

अध्यक्ष नेपालले अनुशासित र मेहनती नागरिक भएका देश मात्रै विकासमा अगाडि बढ्न सकेको उल्लेख गर्दै नेपालमा पनि विकासका लागि असल नागरिक उत्पादन हुनुपर्ने बताउनुभयो । 

उहाँले विद्यार्थी सङ्गठनलाई सबै विश्वविद्यालयमा विस्तार गर्न अनुरोध गर्नुभयो । अध्यक्ष नेपालले आउँदाे चुनावमा जनमतलाई आफ्नो पक्षमा तान्नका लागि सक्रिय हुन विद्यार्थी नेता, कार्यकर्तालाई निर्देशन पनि दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया