रोल्पाको माडी गाउँपालिकामा एक दम्पतीकाे हत्या

 भदौ १६, २०७९ बिहिबार १५:६:१२ | माधवकुमार ओली
unn.prixa.net

राेल्पा – रोल्पाको माडी गाउँपालिका ३ तालाबाङमा एक दम्पतीको हत्या भएको छ । रोल्पाकै परिवर्तन गाउँपालिका २ घर भइ तालाबाङमा बस्दै आएका २७ वर्षीय दुर्गाबहादुर पुन र उहाँकी श्रीमती ३७ वर्षीया पार्वतीकाे हत्या भएको हो ।

भदौ १४ गते तीजको दिन राति हत्या भए पनि १५ गते दिउँसो स्थानीयवासीले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासीले खबर गरेलगत्तै जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) विनोद घिमिरे र इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) देवराज भट्टराईको नेतृत्वमा प्रहरी घटनास्थल पुगेर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

मृतककाे शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा लगिएको छ । हत्याको कारण खुलेको छैन । श्रीमतीको माइतीघर खोटाङ भएको र केही वर्षअघि काठमाण्डौ इँटाभट्टामा काम गर्न जाँदा उनीहरूले विवाह गरेका थिए । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया