'अफ सिजन'मा समेत पर्यटक पुगेपछि सोलुखुम्बुका व्यवसायी उत्साहित

 भदौ १७, २०७९ शुक्रबार १२:५३:४१ | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु – विश्वको सर्वोच्च शिखर सगरमाथासहित दर्जनौ हिमालहरुको प्रवेशद्वार मानिने खुम्बुमा यस वर्ष ‘अफ सिजन’मा पनि पर्यटक पुगेका छन् ।  

सगरमाथा क्षेत्रमा सिजनमा पर्यटकले भरिभराउ हुने र ‘अफ सिजन’मा प्राय सुनसान हुने गर्दछ । तर यसपालि अफ सिजनमा पनि पर्यटक  नियमित हुँदा व्यवसायीहरु उत्साहित भएका छन् । खुम्बुमा वर्षको दुई सिजन बैशाख, जेठ, असार र असोज, कात्तिक, मंसिरलाई मुख्य पर्यटकीय सिजन मानिन्छ । सिजनमा पर्यटकले भरिभराउ हुने यस क्षेत्रमा यो वर्ष भने सिजन सकिएपछि पनि पर्यटक आवागमन नरोकिदा लुक्लामा हवाई उडान समेत बाक्लिएको छ ।

पर्यटक संख्या बढेसँगै उनीहरुको प्रवेश तथा जाँच गर्नमा निकुञ्जका कर्मचारीहरुमा व्यस्तता बढेको निकुञ्जका निमित्त प्रमुख विष्णु रोकायले बताउनुभयो । ‘अघिल्लो वर्षतिर त यतिखेर पर्यटक आगमन ठप्प नै हुन्थ्यो, हाम्रा निकुञ्जका कर्मचारीहरु पनि फु्र्सदिला हुन्थे, तर यो वर्ष त ‘अफ सिजन’ मा पर्यटक आवागमन बढेसँगै चेकपोष्टका हाम्रा साथीहरुमा पनि व्यस्त हुनुहुन्छ’,- उहाँले भन्नुभयोे ।

अघिल्लो वर्ष ‘अफ सिजन’मा बन्द हुने होटल पनि अहिले खुला छ, पर्यटकको चाप अझ बढ्दै छ । ‘अफ सिजन’मा खुम्बु भ्रमण गर्ने पर्यटकहरुबाट सगरमाथा राष्ट्रिय निकुञ्जले ३२ लाख ७० हजार १०० रुपैयाँ राजस्व संकलन गरेको छ । गएको असारदेखि भदौ १५ सम्म १ हजार २ सय ९९ विदेशी र १ सय ७६ नेपाली पर्यटक प्रवेश शुल्कबाट राजस्व संकलन भएको हो । 
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया