गोरखाका क्रसर उद्योगको अनुगमन गर्न उपसमिति गठन, १ महिनाभित्र प्रतिवेदन बुझाउने

 भदौ १७, २०७९ शुक्रबार १४:२८:५५ | किरण लोहनी
unn.prixa.net

गाेरखा – गोरखामा सञ्चालनमा रहेका क्रसर उद्योगहरूको अनुगमन गरिने भएको छ । ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी जिल्ला अनुगमन समितिको बैठकले क्रसर उद्योगहरूको अनुगमन गरी प्रतिवेदन पेस गर्न उपसमिति गठन गरेको हो । 

जिल्ला समन्वय अधिकारी नानीबाबु पोखरेल संयोजक रहेको पाँच सदस्यीय समितिले एक महिनाभित्र क्रसर उद्योगहरूको अनुगमन गरी प्रतिवेदन बुझाउने जिल्ला समन्वय समितिका सूचना अधिकारी हरिहर दवाडीले बताउनुभयो । उपसमितिमा क्रसर उद्योग रहेका पालिकाका प्रतिनिधि, प्राविधिक र सुरक्षा निकायका प्रतिनिधि सदस्य रहेका छन् । उपसमितिले क्रसर उद्योगहरूले ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ पालना गरे/नगरेको, विधिसम्मतरूपमा उद्योग सञ्चालन भए/नभएको लगायतका विषयलाई आधार बनाएर अनुगमन गर्ने दवाडीले जानकारी दिनुभयो । 

मापदण्डले क्रसर उद्योग सञ्चालनका लागि विभिन्न सर्त पूरा गरेको हुनुपर्ने व्यवस्था गरेको छ । क्रसर उद्योग सञ्चालनको दुरीसम्बन्धी मापदण्डअनुसार राजमार्गबाट दुई सय मिटरभित्र यस्ता उद्योग सञ्चालन गर्न पाइँदैन । यस्तै खोला र नदी किनारबाट दुई सय मिटर, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक सांस्कृतिक र पुरातात्त्विक महत्त्वका स्थान, पक्की पुल र घना वस्तीबाट पाँच शय मिटर टाढा हुनुपर्ने मापदण्डमा उल्लेख छ । 

जिल्ला समन्वय समितिका प्रमुख एवम् अनुगमन समितिका संयोजक मोहनबहादुर थापाको अध्यक्षतामा बसेको बैठकमा पालिकाका प्रमुख, सुरक्षा निकाय, करदाता सेवा कार्यालय लगायतका प्रतिनिधिको सहभागिता रहेको थियो । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया