बलात्कार मुद्दामा पल शाहलाई सफाइ, बाल याैन दुरुपयाेग मुद्दामा साढे २ वर्षकाे कैद र २५ हजार रुपैयाँ जरिबाना

 भदौ २१, २०७९ मंगलबार २०:११:५० | दयाराम आचार्य
unn.prixa.net

फाइल तस्बिर

नवलपुर – जिल्ला अदालत नवलपुरले बलात्कार मुद्दामा अभिनेता पूर्णविक्रम शाह (पल) लाई सफाइ दिएकाे छ । 

आज मङ्गलवार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएकाे हाे । शाहलाई बाल यौन दुरुपयोगको मुद्दामा भने साढे दुई वर्षको कैद र २५ हजार रुपैयाँ जरिबाना सुनाएको जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले जानकारी दिनुभयाे ।  

यस्तै अदालतले पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन भनेको क्षेत्रीले जानकारी दिनुभयाे । अदालतले पीडित बालिकाका अभिभावकलाई पूर्ण संरक्षणमा राख्न र यस्ता विषयमा गाेपनीयता कायम गरेर समाचार सम्प्रेषण गर्न पनि सचेत गराएकाे छ । 

गएकाे चैत ४ गते शाहविरुद्ध जिल्ला अदालत नवलपुरमा बलात्कार मुद्दा दायर भएकाे थियाे । पीडितकाे बाबुले दायर गरेकाे जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाएकाे थियाे । त्यही मुद्दामा आज अदालतकाे फैसला आएकाे हाे । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया