साउनमा विदेशी मुद्रा सञ्चिति १ दशमलव ५ प्रतिशतले घट्याे

 भदौ ३०, २०७९ बिहिबार १९:२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा विदेशी मुद्राको सञ्चिति एक दशमलव पाँच प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असार मसान्तको तुलनामा यो महिना साउनमा एक दशमलव पाँच प्रतिशतले घट्दै विदेशी मुद्राको सञ्चिति ११ खर्ब ९७ अर्ब ८५ करोड रुपैयाँमा झरेको हो । 

पछिल्लो समय विदेशी मुद्रा सञ्चितिमा आएको केही सुधारात्मक सङ्केतसँगै सरकारले आयातमा केही लचकता अपनाएको थियो । तर यसको प्रभाव पुनः विदेशी मुद्राको सञ्चितिमा परेको देखिन्छ । मुख्य चाडपर्व दशैँ/तिहारका लागि विदेशी वस्तुको आयात बढेकाले पनि मुद्रा सञ्चिति घट्न पुगेको हो । 

यसैबीच साउन महिनामा ९२ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएकाे छ । चालु आर्थिक वर्षको पहिलो महिनामा २० दशमलव ३ प्रतिशतले बढेर ९२ अर्ब २१ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएकाे हाे । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया