आजदेखि चितवनमा पनि ‘पठाओ’ : अटाे र बाइकमा सेवा सुरु

 असोज ८, २०७९ शनिबार १४:२:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालको व्यावसायिक यात्राले ४ वर्ष पूरा गरेको छ । याेसँगै पठाओले चितवनमा पनि आजदेखि आफ्नो सेवा सञ्चालन गरेको छ । 

काठमाण्डौ उपत्यकामा लोकप्रिय बनेको पठाओले आजदेखि चितवनमा अटाे र बाइकमा सेवा सुरु गरेकाे जनाएकाे छ । चितवनमा पठाओमा आवद्ध हुन चाहने राइडरले आफ्नो बाइक तथा अटाेकाे ब्लु बुक र सवारी चालक अनुमतिपत्रसहित भरतपुरको कान्ति चोकमा रहेको पठाओको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।

पठाओले २५ सेप्टेम्बर २०१८ देखि बाइकमा राइड सेयरिङमार्फत सेवा सुरू गरेको थियो । आफ्नो सेवा विस्तार गर्दै पठाओले ९ अगस्ट २०१९ मा कार लाइट अर्थात् ट्याक्सी सेवा पनि जोडेको थियो । कार लाइट सुरु गरेपछि क्याप्टेन (ट्याक्सी चालक)हरूको अतिरिक्त आम्दानीमा टेवा दिँदै ट्याक्सीको सेवालाई बार्गेनिङको झन्झट हटाउँदै गेटदेखि गेटसम्म पुगेको पठाओकाे दाबी छ । 

अहिले काठमाण्डौ उपत्यकाका पचास प्रतिशतभन्दा बढी ट्याक्सी चालक प्रविधिमैत्री हुँदै पठाओमा आबद्ध भएको प्रवन्ध निर्देशक असिममान सिंह बस्न्यातकाे भनाइ छ । राइड सेयरिङ सुरू गरेको २ वर्षपछि २५ सेप्टेम्बर २०२० मा पठाओले होटल, रेस्टुरेन्ट तथा क्याफेका खाना डेलिभरी गराउँदै पठाओ फुड पनि सुरू गरेको थियो । राइडर र सेवाग्राहीको सुरक्षालाई मध्यनजर गर्दै पठाओले राइड सेयरिङमा नेपालमै पहिलोपटक हिमालयन एभरेस्ट इन्स्योरेन्ससँगको सहकार्यमा बीमाको सुरूसमेत गरेको छ । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया