अर्घाखाँचीमा लोहोरोले हानेर श्रीमानले गरे श्रीमतीको हत्या

 असोज ८, २०७९ शनिबार २०:११:३६ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाको ठाडामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

शीतगङ्गा नगरपालिका वडा नम्बर ३ खस्रकाका ५४ वर्षीय पिताम्बर भुसालले लोहोरोले हानेर ५० वर्षीया श्रीमती मनकला भुसालको हत्या गरेका हुन् ।  मनकलाको घटनास्थलमै ज्यान गएकाे प्रहरीले जनाएकाे छ । 

घरमा दुई जनाबीच झगडा हुँदा श्रीमानले मसाला पिस्न प्रयोग हुने लोहोराेले श्रीमतीलाई हानेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयाे । 

मृतकको शव पोष्टमार्टम गर्नका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा पठाएको उहाँले बताउनुभएको छ ।

मृतकका श्रीमान् पिताम्बरलाई इलाका प्रहरी कार्यालय ठाडाले नियन्त्रणमा लिइसकेको र त्यस विषयमा थप अनुसन्धानसमेत भइरहेको रिजालले जानकारी दिनुभयाे । 
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया