जुम्लामा घाेडा दाैड प्रतियाेगिता सम्पन्न

 असोज १६, २०७९ आइतबार २०:४७:२ | नेत्र शाही
unn.prixa.net

जुम्लाकाे परम्परागत घोडा दौड प्रतियोगिता, तस्बिर : नेत्र शाही, जुम्ला ।

जुम्ला – जुम्लामा परम्परागतरूपमा गरिँदै आएको घोडा दौड प्रतियोगिता सम्पन्न भएको छ । हरेक वर्ष दशैँकाे फूलपातीको दिनमा गरिने घोडा दौड प्रतियोगिता यस पटक पनि सम्पन्न भएको हो ।

राजा सिम मैदानमा आयोजना गरिएको घोडा दौड प्रतियोगितामा पालित, कदम र खुला गरी तीन वटा विधामा पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा खुलातर्फ गुठीचौर गाउँपालिका २ गडीगाउँका विकास बोहरा प्रथम हुनुभयाे । त्यही गाउँका शंकर राेकाया द्वितीय हुँदा विपन्न बाेहरा तृतीय हुनुभयाे ।  

यस्तै पालित अर्थात् स्वास्थ्यतर्फ चन्दननाथ नगरपालिका १० गैरागाउँका हर्कबहादुर शाही प्रथम हुनुभयाे । गुठीचाैर ५ का बिर्खबहादुर भण्डारी द्वितीय हुँदा वडा नम्बर २ का मुनसुर बाेहरा तृतीय हुनुभयाे । 

यस्तै कदमतर्फ चन्दननाथ नगरापलिका ८ धरालवाडाका आनन्द धराला प्रथम हुनुभयाे । गुठीचाैर १ का हरिप्रसाद बस्नेत द्वितीय हुँदा गुठीचाैर २ का कालीप्रसाद बाेहरा तृतीय हुनुभयाे । 

तीन वटै विधाका प्रथमलाई पाँच हजार, द्वितीयलाई तीन हजार र तृतीयलाई दुई हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको आयोजक कर्णाली स्पाेर्ट क्लबले जनाएको छ । घोडा दौड प्रतियोगितामा ३३ जनाले सहभागिता जनाएका थिए । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया