नारायणी नदीले खतराकाे तह पार गर्‍याे, गण्डक ब्यारेजका सबै ढाेका खाेलियाे

 असोज २०, २०७९ बिहिबार १६:२४:२० | दयाराम आचार्य
unn.prixa.net

नवलपुर – लगातारकाे वर्षाका कारण त्रिवेणीमा रहेकाे गण्डक ब्यारेजमा नारायणी नदीको जल सतहले खतराको तह पार गरेको छ । तीन लाख क्युसेक पानीलाई खतराको तह मानिने गण्डकमा दिउँसो ३ बजेको मापनअनुसार जल सतह तीन लाख चार सय क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय (नवलपरासी–बर्दघाट सुस्ता पूर्व) नवलपुरका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले बताउनुभयो ।

नारायणी नदीमा पानीको सतह बढेपछि प्रहरीले मध्यविन्दुको कोल्हुवा र त्रिवेणी, गैँडाकोट क्षेत्रमा सचेत रहन माइकिङ गरेको छ ।

गण्डक ब्यारेजमा पानीको सतह चेतावनीको तह पार गरेपछि यसअघि नै ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको छ । पानीको सतह बढेसँगै बिहान १० बजेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको प्रहरी प्रमुख तिवारीले जानकारी दिनुभयो ।

अविरल वर्षाका कारण हुन सक्ने क्षति न्यूनीकरण तथा आपत्कालीन उद्धारका लागि जिल्लाभित्रका सबै सुरक्षा फोर्स उद्धार सामग्रीसहित तयारी अवस्थामा बसेको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया