चितवन ३ मा कांग्रेसका दुई नेताको बागी उम्मेदवारी दर्ता

 असोज २३, २०७९ आइतबार १८:३२:३५ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – चितवनको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका दुई नेताले बागी उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइराला र यसअघि भरतपुर महानगरपालिकाको मेयरमा बागी उठेका जगन्नाथ पौडेलले प्रतिनिधिसभा सदस्यका लागि बागी उम्मेदवारी दर्ता गराउनु भएकाे छ ।

२०७४ सालमा भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिनुभएको कोइरालाले माओवादीसँग तालमेल भएसँगै रेनु दहालको उम्मेदवारी पछि आफ्नो उम्मेदवारी फिर्ता गर्नुभएको थियो । २०७४ को चुनावमा कोइराला चितवन ३ को प्रदेश सभा (ख) मा उम्मेदवार भए पनि पराजित हुनुभएको थियो । 

गएको पालिका चुनावमा भरतपुर महानगरमा कांग्रेसबाट मेयरका आकांक्षी पौडेलले गठबन्धनमा माओवादीको भागमा परेपछि आफ्नो उम्मेदवारी कायम राखेर प्रतिस्पर्धामा जानुभएको थियो । भुइँकटहर चुनाव चिन्ह लिएर पौडेल स्वतन्त्र उम्मेदवारको रुपमा उठ्नुभएको थियो । 

नेकपा एमालेले जिल्ला अध्यक्ष राम प्रसाद न्यौपानेलाई उठाएको छ भने गठबन्धनले माओवादीको तर्फबाट डा भोजराज अधिकारीलाई उम्मेदवार बनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया