राजनीतिक स्थिरता बिना विकास निर्माण काल्पनिक जस्तो हुन्छ : प्रकाशमान सिंह

 कात्तिक ४, २०७९ शुक्रबार १२:२४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक स्थिरता बिना विकास निर्माण सम्भव नभएको बताउनुभएको छ । 

शुक्रवार काठमाण्डौमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली जनताले देशमा स्थिरता कायम होस् भन्ने चाहना गरेको भन्दै देशमा राजनीतिक स्थिरता कायम गर्न गठबन्धनको विकल्प नभएको बताउनुभयो । उहाँले राजनीतिक स्थिरताबाट नै देश समृद्धि र विकास हुनसक्ने भन्दै आगामी निर्वाचनमा गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो । उहाँले राजनीतिक स्थिरता र स्थायित्व, संविधानको कार्यान्वयनको लागि गठबन्धन हार्नु नहुने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘नेपालको राजनीतिक परिस्थितिबाट जनताको स्थिरताको लागि जुन चाहना छ, राजनीतिक स्थिरता कायम गर्नको लागि पनि गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आवश्यक छ । अस्थिरता भयो भने विकास निर्माणको कुरा काल्पनिक हुन जान्छ, राजनीतिक स्थिरता र स्थायित्वका लागि र संविधानलाई ट्रयाकमा राख्न र कार्यान्वयन गर्नको लागि गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आवश्यक छ ।’

नेता सिंहले गठबन्धनलाई जिताउनका लागि देशभरबाट सबै नेता, कार्यकर्ताले सहजताका लागि आवश्यक पहल गर्न आग्रह गर्नुभयो ।
 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया