मनकामनाका लागि छुटेको बस नवलपुरमा दुर्घटना, पाँच जनाको ज्यान गयो

 कात्तिक १३, २०७९ आइतबार ७:३७:४ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी - नवलपुरमा बस दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । २४ जना घाइते भएका छन्।

गोरखाको मनकामना मन्दिर दर्शन गर्ने यात्रु बोकेर पाल्पाको हुँगीबाट छुटेको ना ६ ख ७५८० नम्बरको बस कालीगण्डकी करिडोर अन्तर्गत नवलपुरको बुलिङटार गाउँपालिकामा दुर्घटनामा परेको प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले उज्यालोलाई जानकारी दिनुभयो ।

बसमा रहेका २९ जनामध्ये पाँच जनाको घटनास्थलमै ज्यान गएको र घाइते २४ जनालाई उपचारका लागि चितवन पठाइएको पनि उहाँले जानकारी दिनुभयो । बिहान ४ बजे दुघर्टना भएकाले उद्धारमा केही ढिलाइ भएको थियो।

 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया