सप्तरीमा आचारसंहिता विपरीतका झन्डा र ब्यानर हटाइयाे

 कात्तिक २३, २०७९ बुधबार १३:५०:५८ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरी निर्वाचन अनुगमन टोलीले निर्वाचन आचारसंहिता विपरीतका प्रचारप्रसार सामग्री हटाएको छ । राजनीतिक दल र उम्मेदवारका तुल, ब्यानरसहितका प्रचारप्रसार सामग्री आज बुधवार हटाइएको हाे ।

सप्तरी क्षेत्र नम्बर २ राजविराजमा आचारसंहिता विपरीत नगरक्षेत्र नै कुरुप हुने गरी लगाइएको तुल, ब्यानर, पम्पलेटसहितका सामग्री हटाउन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक (एसपी) अविनारायण काफ्लेले जानकारी दिनुभयाे । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले तीन दिनभित्र यस्ता सामग्री हटाउने राजनीतिक दलका नेताले प्रतिबद्धता जनाए पनि नहटाउँदा प्रहरी लगाएर हटाउन लागिएको बताउनुभएकाे छ ।

सप्तरी २ बाट जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, लोकतान्त्रिक वाम गठबन्धनबाट लोसपाका जयप्रकाश ठाकुरलगायतका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया