फेसबुककाे मातृ कम्पनी मेटाले ११ हजार कर्मचारी कटाैती गर्ने

 कात्तिक २३, २०७९ बुधबार १८:३०:५४ | एजेन्सी
unn.prixa.net

तस्बिर : फाेर्ब्स

काठमाण्डाै – सामाजिक सञ्जाल फेसबुकको मातृ कम्पनी मेटाले आफ्ना ११ हजार कर्मचारी कटौती गर्ने भएको छ । यस वर्षको तेस्रो त्रैमासिक रिपोर्टमा पनि निरन्तर घाटामा गएपछि मेटाले आफ्ना कर्मचारीको १३ प्रतिशत अर्थात् ११ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको न्यूयोर्क टाइम्सले जनाएको छ । 

मेटामा अहिले ८७ हजार जनाभन्दा धेरै कर्मचारी रहेका छन् । पहिलो चरणमा ११ हजार कर्मचारी कटौती गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले बताउनुभएको छ । उहाँले कर्मचारीप्रति माफी माग्दै कम्पनीको असहज अवस्थाका कारण जागिरबाट निकाल्न बाध्य भएको बताउनुभएको छ । 

मेटाले यो वर्षमात्रै ८० अर्ब डलर सम्पत्ति गुमाइसकेको छ । विश्वव्यापीरूपमा आर्थिक वृद्धिदर घट्नु, टिकटकसँगको चर्को प्रतिस्पर्धा, एप्पलले आफ्नो गोपनीयतासम्बन्धी नियममा गरेको हेरफेर, मेटाभर्समा ठूलो खर्च र नियमन कसिलो हुने चिन्ता लगायतका कारण कम्पनीको आर्थिक अवस्था कमजोर बन्दै गएको जनाइएको छ । आम्दानी पनि घट्दै गइरहेको अनि खर्च उच्च भएको समयमा सकेको ठाउँमा खर्च घटाउनुपर्ने बाध्यता रहेको कम्पनीले जनाएको छ । 

पछिल्ला महिनाहरूमा ब्याजदर वृद्धि, बढ्दो महँगी र युरोपमा ऊर्जा सङ्कटका कारण विश्व अर्थतन्त्र कमजोर हुनु लगायतका कारण माइक्रोसप्ट, ट्विटर र स्न्याप इङ्क जस्ता ठूला बहुराष्ट्रिय प्रविधि कम्पनीहरूले पनि कर्मचारी कटौती तथा नयाँ कमचारी भर्ना स्थगित गरिरहेका छन् । ट्विटरले गएको शुक्रवारमात्रै आधा कर्मचारीलाई निकालेको थियो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया