दाङ-१ मा मेटमणि र शान्ता चौधरीकाे चर्चा : पहिले‍ सहकर्मी, अहिले प्रतिस्पर्धी

 कात्तिक २४, २०७९ बिहिबार १३:८:३७ | हेमराज शर्मा
unn.prixa.net

दाङ - मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा दाङ क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा हुने देखिएकाे छ । गठबन्धनका तर्फबाट नेकपा समाजवादीका नेता तथा सहरी विकास मन्त्री मेटमणि चौधरी र नेकपा एमालेका उम्मेदवार शान्ता चौधरीबीच प्रतिस्पर्धा हुँदैछ। 

२०७४ सालको चुनावमा मेटमणि एमालेको उम्मेदवार हुनुहुन्थ्यो । त्यस चुनावमा नेकपा माओवादीसँग तालमेल थियो । मेटमणिले नेपाली कांग्रेसकी सुशीला चौधरीलाई १० हजार ८ सय ३४ मतान्तरले हराउनु भएको थियो । तर अहिले परिस्थिति फेरिएको छ ।

याे पालि अघिल्लो चुनावमा हराएको कांग्रेससहितका दलहरुसँग तालमेल गरेर मेटमणि चुनावी मैदानमा हुनुहुन्छ ।  शान्ता र मेटमणि यसपालिको चुनावमा आमनेसामने हुनुहुन्छ ।

मतदाताले कसलाई रुचाउने छन् त्यसको फैसला मंसिर ४ ले गर्नेछ । शान्ता चौधरी कमलहरी जीवनबाट राजनीतिमा आउनु भएको हो । समानुपातिक प्रणालीमार्फत् कानुन निर्माण गर्ने तहसम्म पुगेकी शान्ता यसपालि प्रत्यक्ष चुनाव प्रणालीबाट उम्मेदवार बन्नु भएको छ ।शान्ता र मेटमणि दुवै बलिया उम्मेदवार हुन् ।

क्षेत्र नं. १ आदिवासी जनजाती थारु समुदायको बाक्लो बसोबास रहेको क्षेत्र हो । प्रतिनिधि सभा चुनावमा यहाँ ठूला राजनीतिक दलले थारु समुदायका व्यक्तिलाई नै उम्मेदवार बनाएका छन् । यो चुनावमा नागरिक उन्मुक्ति पार्टीको उम्मेदवारीलाई पनि अर्थपूर्ण ढङ्गले हेरिएको छ । याे दलबाट सुरेन्द्र चौधरी चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

क्षेत्र नं.१ मा एमालेले शान्तासँगै प्रदेश सभा सदस्यमा १ (१) मा गंगाराम भट्टाई, १ (२) मा कुलबहादुर केसी उम्मेदवार बनाएको छ । गठबन्धनबाट प्रदेश-१ (१) माओवादीका इन्द्रजित थारु, १ (२) मा कांग्रेसका अनुराग खड्का उम्मेदवार हुनुहुन्छ । इन्द्रजित चौधरी लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्री हुनुहुन्छ । 

प्रतिनिधि सभा चुनावमा मेटमणि र शान्तासहित १२ जना प्रतिस्पर्धामा छन् । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया