नवलपरासी पूर्वमा ३३ प्रतिशत मत खस्यो

 मंसिर ४, २०७९ आइतबार १४:२७:४२ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – आज भइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ३३ प्रतिशत मत खसेको छ ।

बिहान ७ बजेदेखि सुरु भएको मतदानमा दिउसो साढे एक बजेसम्म सम्ममा ३३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्मा भुसालले बताउनुभयो ।

प्रमुख भुसालका अनुसार ४३ हजार ७ सय १२ महिला र ४१ हजार ४ सय ४७ पुरुष गरी कुल ८५ हजार १ सय ५९ मत खसेको छ । मतदानमा उत्साहजन रुपमा मतदाताको सहभागिता पाइएको प्रमुख भुसालले बताउनुभयो ।

जिल्लाका १ सय १३ मतदान स्थलमा रहेका ३ सय २ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान चलिरहेको उहाँले बताउनु भयो । 

प्रत्यक्षतर्फ दुई र प्रदेश सभातर्फ चार वटा निर्वाचन क्षेत्र रहेको नवलपुरमा कुल २ लाख ६० हजार ४ सय ६१ मतदाता रहेका छन् । 

 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया