नवलपुरमा एसिड प्रयोग गरि मतपेटिकामा आगजनी

 मंसिर ४, २०७९ आइतबार १६:५१:५५ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – पूर्व नवलपुरमा एउटा मतदान केन्द्रमा एसिड प्रयोग गरि मतपेटिकामा आगजनी भएकाे छ । जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तर्गत पर्ने देवचुली नगरपालिका ४ काे शान्ति शृजना केन्द्र झाक्रेमा रहेको मतदान केन्द्रको मतपेटिकामा आगजनी भएकाे हो ।

मतपेटिकामा मतपत्र खसाएपछि नारायण भण्डारीले एसिड प्रयाेग गरि आगाे लगाएका प्रहरीले जनाएकाे छ । उनलाई पक्राउ गरिएकाे र उनी पूर्वलडाकु रहेकाे बुझिएको छ । आगजनीको थप कारण खुल्न बाँकी छ ।

मतपेटिकामा आगजनी भएपछि अहिले यस केन्द्रमा मतदान रोकिएको जिल्ला निर्वाचन कार्यालय प्रमुख लालप्रसाद शर्मा भुसालले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया