फर्जी मत हालेको भन्दै रोल्पाको एउटा केन्द्रमा विवाद

 मंसिर ४, २०७९ आइतबार १९:२२:१ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – फर्जी मत हालेको भन्दै रोल्पाको माडी गाउँपालिका ६ कोर्चाबाङको वडा भवनमा रहेको एउटा मतदान केन्द्रमा विवाद भएकाे छ ।

वडा भवनमा रहेका दुई वटा केन्द्रमध्ये ‘ख’ केन्द्रमा बसाइँसराइ गरी गएका एक जनाले मतदान गरेपछि उस्तै खालका मतदाताले ‘क’ केन्द्रमा मतदानमा रोक लगाएपछि विवावद भएको हो । अहिले यस केन्द्रमा नाराबाजी भइरहेको छ । 

सर्वदलीय बैठकले ‘ख’ केन्द्रमा जस्तै बसाइँ सरेका तीन जनालाई पनि ‘क’ केन्द्रमा मतदान गर्न दिने सहमति गरे पनि मतदान अधिकृत मोतिम आलमले मतदानमा रोक लगाएकाे भन्दै मतदाताले नाराबाजी गरेका हुन् । अहिले मतदाताले केन्द्रकाे गेटमा मतदान अधिकृतविरुद्ध नारा लगाउँदै मतपेटिकामा लाह छाप लगाउन रोक लगाएका छन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया