रोल्पामा ४६ प्रतिशत मत खसेको अनुमान

 मंसिर ४, २०७९ आइतबार २१:३७:५० | माधवकुमार ओली
unn.prixa.net

रोल्पा  – प्रतिनिधि सभा र प्रदेश सभाका लागि आज सम्पन्न मतदानमा रोल्पामा करिब ४६ प्रतिशत मत खसेको अनुमान गरिएको छ । 

जिल्लाको अन्तिम मत परिणामका आधारमा करिब ४६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत खिमानन्द भुसालले बताउनुभयो । उहाँका अनुसार सबैभन्दा कम थवाङ गाउँपालिकामा मत खसेको छ । थबाङ गाउँपालिकामा २ हजार ४१८ मत मात्र खसेको छ । थवाङ गाउँपालिका भित्र मिरुल, उवा र थबाङ गरि साविकका तीन गाविस पर्दछन् । त्रिवेणी गाउँपालिकामा ८ हजार १२२ मत खसेको छ भने रुन्टीगढीमा ८ हजार ६७९, परिवर्तनबाट ६ हजार ३२०, गंगादेवबाट ६ हजार ७१३, माडीबाट ६ हजार १२८, सुनिलस्मृति गाउँपलिकाबाट ८ हजार २३४, सुनछहरीबाट ४ हजार ३९०, लुग्रीबाट ६ हजार ८७३ र रोल्पा नगरपालिकाबाट ९ हजार ५६० खसेको छ ।

जिल्लाको जम्मा मत संख्या १ लाख ४५ हजार ४७१ रहेको छ । जिल्लामा ८६ मतदान स्थल र १७७ मतदान केन्द्र रहेको छ । गएकाे पालिका तहको चुनावमा भने रोल्पामा करिब ६६ प्रतिशत मत खसेको थियो ।
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया