इण्डोनेशियाको जाभा टापुमा भूकम्प, ५० जनाको ज्यान गयो

 मंसिर ५, २०७९ सोमबार १८:१०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इण्डोनेशियाको मुख्य टापु जाभामा ५ दशमलव ६ म्याग्निच्युडको भूकम्प जाँदा ५० जनाको ज्यान गएको छ भने सात सय जनाभन्दा धेरै घाइते भएका छन् । 

भूकम्पले कैयौँ भवन भत्काएको समाचार संस्था एपीले जनाएको छ ।

सियानजुर वरपरका क्षेत्रका  धेरै ठाउँमा पहिरो  खस्नुको साथै इस्लामिक आवासीय विद्यालय, अस्पताल, सार्वजनिक सुविधाका स्थल र भवनहरू भत्केका राष्ट्रिय प्रकोप न्यूनीकरण इकाइका प्रमुख सुहार्यान्तोले जानकारी दिनुभएको छ । 

जकार्ता लगायत भूकम्पको धक्का महसुस गरिएका ठाउँका उच्च भवनका आपत्कालीन ढोकार र सिँढीबाट मानिसहरू सुरक्षित स्थानतर्फ गएका दक्षिणी जर्कार्ताका एक कर्मचारी लाई उद्धृत गर्दै एपीले जनाएको छ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया