पाल्पा २ (१) मा नेपाली कांग्रेसका राना मगर विजयी

 मंसिर ८, २०७९ बिहिबार ७:१:७ | देव पचभैया
unn.prixa.net

पाल्पा – पाल्पाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ (१) मा नेपाली कांग्रेसका वीरबहादुर राना मगर विजयी हुनुभएको छ । लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीसमेत रहनुभएका रानाले १६ हजार ३९ मत प्राप्त गरि प्रतिस्पर्धी भन्दा २ हजार ७५ मतान्तरमा विजयी हुनुभएका हो ।

प्रतिद्वन्द्वी नेकपा एमालेका परशुराम भट्टराईले १३ हजार ९ सय ६४ मत प्राप्त गर्नुभयो । विजयी राना नेपाली कांग्रेस पाल्पामा २०६७ सालदेखि दुई कार्यकाल पार्टी सभापति हुनुहुन्थ्यो । पाल्पाको वगनासकाली–७, टाँकीचौर जन्मिएका बिर बहादुर राना २०७० सालको संविधानसभाको दोश्रो निर्वाचनमा प्रतिनिधिसभामा तत्कालीन क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार सोमप्रसाद पाण्डेसँग हार बेहोर्नुभएको थियो ।

२०७४ सालको प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट लुम्बिनी प्रदेश समानुपातिक सांसद बन्नुभएको थियो । प्रदेशसभा २ (१) मा मंगोल नेशनल अर्गनाइजेसनका लक्ष्मण गाहाले १ हजार ५ सय ९७, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजु गैरेले १ हजार ५ सय २०, राष्ट्रिय जनमुक्ति पार्टीले ३ सय ५१, छातामा १ सय ६३ र मादल चिन्हमा ७७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया