अछाम-२ (१) मा माओवादीका अक्कल रावल विजयी

 मंसिर ८, २०७९ बिहिबार १२:१९:३५ | चन्द्र थापा
unn.prixa.net

अछाम - अछाम क्षेत्र नं २ को प्रदेश सभा (१) (क) मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अक्कल बहादुर रावल विजयी हुनुभएको छ ।

नेकपा एमालेका उम्मेदवार भीम बहादुर विष्टलाई २ हजार ७ सय ७९ मतले पछि पार्दै रावल सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । अन्तिम मत परिणाम अनुसार निर्वाचित रावलले ११ हजार २३१ मत ल्याउँदा र विष्टले ८ हजार ४ सय ५२ मत प्राप्त गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष समेत रहनुभएका युवा नेता  रावल २०७४ को चुनावमा पनि बाम गठबन्धनबाट सुदूरपश्चिम प्रदेश सभा सदस्यमा निर्वाचित भइ नेकपा माओवादी केन्द्रको प्रमुख सचेतक बनेर काम गरिसक्नुभएको छ ।

रावलको जितसँगै सुदूरपश्चिम प्रदेशमा माओवादीका ७ जना उम्मेदवार विजयी भएका छन् । दार्चुलाबाट मानबहादुर धामी, डोटीबाट शिव सिंह वली, कञ्चनपुरबाट ओम विक्रम भाट, बझाङबाट भीम भण्डारी, अछामबाट झपट साउद, डडेल्धुराबाट खगराज भट्ट र अछामबाट अक्कल बहादुर रावल हुनुहुन्छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया