अब माेबाइलमा सिम कार्ड नचाहिने, नेपाल टेलिकमले ई-सिम वितरण गर्दै

 मंसिर १२, २०७९ सोमबार १६:४८:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल टेलिकमले  देशभरका सबै दूरसञ्चार कार्यालयबाट इम्बेडेड सिम अर्थात् ई–सिम वितरण थालेको हो ।

यसअघि गएको भदौ ३१ गतेदेखि काठमाडौको सुन्धारामा रहेको  ग्राहक सेवा केन्द्रबाट टेलिकमले ई–सिम वितरण शुरु गरेको थियो । अब भने देशभरका दूरसञ्चार कार्यालयहरुबाट ई–सिम लिन सकिने टेलिकमले जनाएको छ । अहिले भौतिक सिम प्रयोग गरिरहेका कम्पनीका पुराना पोस्टपेड र प्रिपेड ग्राहकहरुले निःशुल्क रुपमा ई–सिम लिन सक्नेछन् भने नयाँ पोस्टपेड सेवा लिन चाहने ग्राहकलाई अहिलेको बिक्री मूल्यमै ई–सिम उपलब्ध गराइने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिनुभयो ।

उहाँले मोबाइल सेटमा ई–सिम इन्स्टल गर्नका लागि क्यूआर कोडमार्फत स्क्यान गर्नुपर्ने र  क्यूआर कोडको सुविधा भएका मोबाइल सेटमा मात्र ई–सिम प्रयोग गर्न सकिने जानकारी दिनुभयो । आफ्नो मोबाइल सेटमा ई–सिम चल्ने/नचल्ने यकिन  गर्न *#06# डायल गर्नुपर्छ । ई-सिम राखेपछि अहिले राख्दै आएको सिमकार्डलाई मोबाइल फाेनमा राख्नुपर्नेछैन ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Binod prasad awasthi

    Nov. 28, 2022, 5:21 p.m.

    Sabai mobile bat hunxa ta

  •  0 Reply

तपाईको प्रतिक्रिया