धादिङमा श्रीमान्–श्रीमतीको विभत्स हत्या

 मंसिर २६, २०७९ सोमबार १३:४१:४१ | सिताराम अधिकारी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

धादिङ – धादिङमा हिजाे आइतवार राति एक दम्पतीको हत्या भएको छ । त्रिपुरासुन्दरी गाउँपालिका ३ आहालेमा आफ्नै घरमा सुतिरहेको अवस्थामा ६२ वर्षका विष्णुबहादुर आलेमगर र उहाँकी ६० वर्षीया श्रीमती निरमायाकाे विभत्स हत्या भएको हो ।

उनीहरूको शव ठाउँ–ठाउँमा धारिलो हतियारले प्रहार गरेर क्षतविक्षत बनाएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्याम खत्रीले जानकारी दिनुभयो । स्थानीयवासीले घटनाकाे बारेमा खबर गरेपछि प्रहरीले घटनास्थल पुगेर अनुसन्धान थालेको छ ।

आलेमगर दम्पतीकाे घर एकान्तमा भएकाले घटना हुँदा कसैलाई जानकारी नभएको स्थानीयवासीले बताएका छन् । हुलाक सेवाका पूर्व कर्मचारी रहेका विष्णुबहादुरका एक छोरा दन्त उपचार सेवामा काठमाण्डाैमा बस्दै आउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया