ढुवानीबापतकाे भुक्तानी नपाएकाे भन्दै होङ्सी सिमेन्ट कारखानामा कार्यरत व्यवसायीकाे प्रदर्शन

 पुस ४, २०७९ सोमबार ११:५६:९ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी - नवलपरासी पूर्व नवलपुरको सर्दीमा रहेको होङ्सी सिमेन्ट कारखानामा भुक्तानी नपाएको भन्दै व्यवसायीले आन्दोलित भएका छन् । उद्योगमा ढुवानीको काम गर्ने व्यवसायीले तीन महिनादेखि आफूहरुले पाउनु पर्ने  रकम भुक्तानी पाउन नसकेको भन्दै आज उद्योग अघि टायर बालेर प्रदर्शन गरेका हुन् ।

स्थानीयसहित व्यवसायीले उद्योग परिसरअघि प्रदर्शन गरी उद्योगका सबै ढुवानीको काम रोकेका छन् । अत्यावश्यक बाहेक सबै ढुवानीका काम रोकेर आफूहरु आन्दोलित भएको व्यवसायी यादव पौडेलले बताउनुभयो ।

उहाँका अनुसार करिब तीन महिनादेखि उद्योगले भुक्तानी गर्नुपर्ने रकम नदिँदा व्यवसायी समस्यामा परेका छन् । ‘बै‌ंकहरुले किस्ता नतिरेको भनेर ताकेता गरेकाे छ, चिट्ठी काटी  तनाव दिइरहेको छ’ पौडेलले भन्नुभयो 'तर उद्योगले भुक्तानीका लागि आलटाल गरिरहेको छ ।

उद्योगमा आवश्यक खाद्यान्न पुर्याउने, ढुवानीका काम गर्नेदेखि होटल व्यवसायीको उधारो बाँकी रकम भुक्तानी नभएकाले आन्दोलनमा उत्रिनु परेको उहाँले बताउनुभयो ।

स्थापनाकाे समयमा वरपरको वातावरणीय स्वास्थ्य प्रतिकूल हुन नदिने, स्वास्थ्य, कृषिका क्षेत्रमा आवश्यक लगानी गरी सुविधा दिने लगायत विषयमा सहमति भएकाे भए पनि  अहिले त्यसप्रति उद्योग प्रशासन गम्भीर नबनेको पौडेलकाे भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया