बाग्मती प्रदेश सभाका ज्येष्ठ सदस्यको शपथ पुस १३ गते, अरू सांसदको शपथ भाेलिपल्ट

 पुस ८, २०७९ शुक्रबार १८:४१:१५ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – बाग्मती प्रदेश सभाका ज्येष्ठ सदस्यको शपथ ग्रहण यही पुस १३ गते बुधवार हुने भएको छ । त्यसको भोलिपल्ट अर्थात् पुस १४ गते बिहीवार प्रदेश सभाका अरू सदस्यको शपथ ग्रहण हुने भएको छ । 

आज शुक्रवार बिहान प्रदेश सभा सचिवालयमा बसेको सर्वदलीय बैठकले पुस १३ गते दिउँसाे २ बजे प्रदेश सभाका ज्येष्ठ सदस्यको शपथ ग्रहण र १४ गते २ बजे अन्य सदस्यको शपथको मिति तय गरेको कांग्रेस सांसद प्रभात तामाङले जानकारी दिनुभयाे । 

शपथ ग्रहणका लागि प्रदेश सभा सचिवालयले सबै तयारी पूरा गरेको जानकारी गराएको छ । प्रदेश सभाको पुरानै भवन मर्मत गरेर फेरि दोस्रो कार्यकालका लागि प्रदेश सभा बैठक बस्न लागेको हो । 

प्रदेश सभामा सबैभन्दा ज्येष्ठ सदस्य नेकपा माओवादी केन्द्रका रामप्रसाद ढुङ्गानाले अरू सांसदलाई शपथ गराउनु हुने छ । त्यसभन्दा अघि उहाँले प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष शपथ ग्रहण गर्नुहुने छ । 

प्रदेश सभाका एक सय १० सांसदमध्ये ज्येष्ठ सदस्यका आधारमा ढुङ्गानालाई प्रदेश प्रमुखले शपथ गराउनु हुने छ। ढुङ्गानाले बाँकी सांसदलाई शपथ ग्रहण गराएर आउँदाे अधिवेशनको सुरुवात गर्नु हुने छ । संवैधानिक व्यवस्थाअनुसार प्रदेश सभामा सभामुख निर्वाचित नहुँदासम्म ज्येष्ठ सदस्यले सभाको अध्यक्षता गर्ने व्यवस्था रहेको छ । त्यहीअनुसार नुवाकोट निर्वाचन क्षेत्र २ (क) बाट निर्वाचित ढुङ्गानाले प्रदेश सभाको आउँदाे अधिवेशनको बैठक सञ्चालन गर्नु हुने छ ।

निर्वाचन आयोगले प्रदेश सभा सचिवालय र प्रदेश प्रमुख कार्यालयलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार ढुङ्गाना ७२ वर्षकाे हुनुहुन्छ । उहाँको जन्म २००६ साल असोज २ गते भएको थियो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया