गठबन्धन नटुटेसम्म एमाले नयाँ सरकार निर्माणकाे प्रक्रियामा सहभागी हुँदैन : ईश्वर पोखरेल

 पुस ९, २०७९ शनिबार ११:१०:१० | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा - नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन नटुटेसम्म नेकपा एमाले नयाँ सरकार निर्माणकाे प्रक्रियामा सहभागी नहुने बताउनु भएकाे छ ।

आज शनिवार प्रेस चौतारी नेपाल धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले अहिलेकाे गठबन्धन लोकतन्त्र, देशको हितमा नरहेकाले एमाले सरकारी बनाउने खेलमा नरहेको बताउनु भएकाे हाे । 

पूर्वउपप्रधानमन्त्री तथा रक्षामन्त्री समेत रहेका उहाँले भर्खरै सम्पन्न चुनावमा नागरिकले दिएको जनादेशलाई सम्मानका साथ लिएर अघि बढ्ने बताउनु भयाे ।

गठबन्धन तोडेर कांग्रेस र माओवादी केन्द्र आए छलफल गर्न सकिने उहाँले बताउनु भयाे । नेपाल उत्पीडित जातीय मुक्ति समाज १ नं. प्रदेश समितिले आफ्नो ३५औं स्थापना दिवसको अवसरमा शहीदभूमि गाउँपालिकाको शहीदपार्कमा आयाेजना गरेकाे शहीद परिवारलाई सम्मान कार्यक्रममा पोखरेलले सम्बाेधन गर्ने कार्यक्रम रहेको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया