भारतमा काेराेना सङ्क्रमण बढेपछि सीमा क्षेत्रमा स्वास्थ्य सतर्कता अपनाउन आग्रह

 पुस ११, २०७९ सोमबार १४:१:३ | रासस
unn.prixa.net

फाइल तस्बिर

बैतडी - भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिनसक्ने भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरिएको छ ।

भारतमा सङ्क्रमण बढ्दै गएकाले सीमा जोडिएको जिल्ला भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो । जिल्ला प्रशासन कार्यालय बैतडीले एक सूचना जारी गर्दै छिमेकी देशमा कोरोनाको नयाँ भेरियन्ट देखिएकाले नेपालमा पनि यसको जोखिम रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको छ ।

जोखिम बढेकाले स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गर्न आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयो । भिडभाड हुने स्थलमा सकभर नजान र जानै परे मास्क, स्यानिटाइजरको प्रयोग गर्नुपर्नेमा प्रशासनले जोड दिएको छ ।

सार्वजनिक यातायातमा यात्रा गर्दा मास्क, स्यानिटाइजरको प्रयोग गर्न र भौतिक दूरी कायम राख्न आग्रह गरिएको छ । कोभिड–१९ विरुद्ध खोपको बुस्टर मात्रा लगाउन छुट भएकाले नजिकका स्वास्थ्य संस्थामा गएर खोप लगाउन आग्रह गरिएको छ ।

जोखिम बढ्दै गएकाले सीमाक्षेत्रमा सतर्कता अपनाइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा यसअघि नै हेल्थ डेस्क स्थापना गरेर कोरोनाको खोप कार्ड जाँच गरी मात्र वारपार गर्न दिइएको छ ।

बैतडीसहित सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म छ लाख १८ हजार सात सय १४ जनाको कोरोना परीक्षण गरिएकामा ६१ हजार आठ सय ७२ जनामा सङ्क्रमण भइसकेको छ । सङ्क्रमणकै कारण यस प्रदेशमा छ सय ३५ जनाको ज्यान गइसकेको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया