वाग्मती प्रदेशसभा कांग्रेस संसदीय दलका लागि उम्मेदवारी दर्ता

 पुस १३, २०७९ बुधबार १३:२१:४६ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – वाग्मती प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको चुनाव आज हुँदैछ । निर्वाचन कार्यतालिका अनुसार संसदीय दलको नेताका लागि प्रदेशसभामा नुवाकोटका बहादुर सिं लामा र मकवानपुरका इन्द्रबहादुर बानियाँबीच प्रतिस्पर्धा हुँदैछ ।

दुवै जना उम्मेदवारले प्रदेशसभामा रहेको संसदीय दलको कार्यालयमा उम्मेदवारी दर्ता गराउनुभएको छ । कांग्रेस वाग्मती प्रदेश सभापतिसमेत रहनुभएका बानियाँको उम्मेदवारी दर्ताका लागि संसद प्रभात तामाङ प्रस्तावक तथा छिरिङ दोर्जे लामा समर्थक रहनुभएको छ ।

त्यसैगरि लामाको प्रस्तावक कुन्दनराज काफ्ले र समर्थक उर्मिला नेपाल, तिर्थबहादुर लामा, रमेशकुमार महत र रामकृष्ण चित्रकार रहनुभएको छ । संसदीय दलको नेता चयनका लागि कांग्रेस वाग्मती प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन गरि चुनावी कार्यक्रम सञ्चालन गरिएको छ । लामा र बानियाँ दुवै पार्टी सभापति शेरबहादुर देउवा निकट मानिनुहुन्छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया