प्रहरीलाई लडाएर वालिङबाट भागेका बलात्कारका आरोपित पक्राउ

 पुस २१, २०७९ बिहिबार १४:५९:४७ | राधाकृष्ण डुम्रे
unn.prixa.net

प्रतीकात्मक तस्बिर

स्याङ्जा – स्याङ्जाको वडा प्रहरी कार्यालय वालिङबाट भागेका एक जना बलात्कारका आरोपितलाई प्रहरीले पक्राउ गरेको छ । 

जबरजस्ती करणी मुद्दामा हिरासतमा रहेका हरिनास गाउँपालिका ७ का २४ वर्षीय रमेश क्षेत्री गएको सोमवार प्रहरीलाई नै लडाएर भागेका थिए । क्षेत्रीलाई वालिङ नगरपालिका वडा नम्बर ४ को जङ्गलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । 

जबरजस्ती करणी मुद्दामा हिरासतमा रहेका क्षेत्रीलाई जिल्ला अदालतबाट म्याद थप गरी वडा प्रहरी कार्यालय वालिङ लैजाने क्रममा कार्यालयको पर्खाल नाघेर भागेका थिए । क्षेत्रीलाई समात्ने क्रममा प्रहरी हवलदार वीरबहादुर सुनार लडेर घाइते हुनुभएको थियो । फरार भएका क्षेत्रीको खोजीका लागि प्रहरीले जिल्लाबाट बाहिर जाने सबै नाकामा कडाइ गरेको थियो । 

क्षेत्रीलाई स्याङ्जाकी एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पुस ११ गते पक्राउ गरेको थियो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया