कालीकाेटमा प्रहरीद्वारा एकैदिन दुई हजार लिटरभन्दा बढी घरेलु रक्सी नष्ट

 पुस २३, २०७९ शनिबार १८:३०:३७ | मनिराज पाण्डे
unn.prixa.net

फाइल तस्बिर

कालीकाेट – जिल्ला प्रहरी कार्यालय कालीकोटले शनिबार चलाएको आकस्मिक अभियानले २ हजार लिटर भन्दा बढी घरेलु रक्सी नष्ट गरेको छ ।

जिल्ला र जिल्ला मातहतका २६ वटा प्रहरी युनिटको सकृयतामा ८ सय ४६ लिटर तयारी घरेलु रक्सी र रक्सी बनाउन तयारी हालतमा राखिएको १ हजार ५ सय २६ लिटर कच्चापदार्थ प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी सुबराज बमका अनुसार यति ठूलो संख्यामा एकै पटक प्रहरीले रक्सी नियन्त्रण गरेकाे यो पहिलो पटक हो ।

प्रहरीका अनुसार नष्ट गरिएकाे रक्सीमा मानव स्वास्थ्यमा लागि हानिकारक वस्तुहरु समेत भेटिएका थिए ।

सरकारले अवैधरुपमा उत्पादन गरिएको घरेलु रक्सी नष्ट गर्ने, शान्ति सुरक्षा कायम गर्ने लगायतका कार्यहरु गर्ने जिम्मेवारी तोकेकाले त्यहीअनुसार घरेलु रक्सी नष्ट गरिएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनु भयो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया