सोलुखुम्बु : हिमपात नहुँदा किसान चिन्तित, टलक्क हिउँले टल्कने हिमाल कालो बन्दै

 माघ ३, २०७९ मंगलबार ९:२९:४२ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - समयमा हिमपात तथा वर्षात नहुँदा हिमाली जिल्लाका किसानहरु चिन्तित भएका छन् । गएका वर्षमा मंसिर पुसमै हिमपात हुने गरेकोमा यस वर्ष माघ लागिसक्दा पनि हिउँ परेको छैन । हिउँ नपर्दा हिमाल कालो हुन थालेको छ भने बाली नाली पनि सुक्न थालेका छन् । यतिबेला हिमाली जिल्लाका खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे ।

यस वर्ष हिउँ नपर्दा डाँडापाखा उराठलाग्दा भएका छन् । हिमपात नहुँदा आलु, उवा, गहुँ जस्ता बाली बारीमै सुक्न थालेको सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ का कामी छिरी शेर्पा र माप्यदूधकोशी गाउँपालिका-५ की हस्तकला राईले बताउनुभयो । बितेका वर्षहरुमा मङ्सिर सुरु नहुँदै सोलुखुम्बुको धेरैजसो डाँडाकाँडा हिउँले सेताम्मे हुन्थ्यो ।

चारैतिर सेता हिमाल टल्किन्थे । तर, हिमपात नहुँदा  हिमाल कालो बन्दै गएको छ । हिउँद याममा परेको हिउँले बाली सप्रने भए पनि माघ लागिसक्दा समेत हिउँ नपर्दा किसान चिन्तित भएका हुन । वातावरणविद् राजन थापा वन जङ्गलको तीव्र फँडानी, हानिकारक ग्यासको उत्सर्जनलगायतका कारण जलवायुमा परेको असरले वातावरणमा असर पर्न थालेको बताउनुहुन्छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया