साेलुखुम्बुको लुक्ला विमानस्थलबाट एक वर्षमा एक लाख भन्दा धेरैले लिए हवाई सेवा

 माघ ४, २०७९ बुधबार १०:१६:५० | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्लामा एक वर्षभित्र एक लाख भन्दा धेरै यात्रुले हवाई सेवा लिएका छन् ।

पर्यटकीय विमानस्थल लुक्लामा सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्म १ लाख १ हजार ५ सय १ जनाले हवाई सेवा लिएको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ । जसमा ४१ हजार १ सय १८ जना भित्रिएका छन् भने ६० हजार ३ सय ८३ जना बाहिरिएको प्राधिकरण प्रमुख महेश श्रेष्ठले जानकारी दिनुभयाे । याे अवधिमा १३ हजार ८ सय ४५ पटक उडान तथा अवतरण भएको प्राधिकरणको तथ्याङ्क छ । बढी जसो उडान तथा अवतरण जहाजको र केहि मात्रामा हेलिकप्टरको पनि रहेको प्राधिकरण प्रमुख श्रेष्ठले बताउनुभयाे ।

लुक्लाबाट एक वर्षभित्र ८ लाख ८९ हजार ४२९ किलो कार्गो रामेछापको मन्थली र काठमाण्डौ ढुवानी गरिएको छ भने ७ लाख २६ हजार ३२१ किलो कार्गो भित्रिएको प्राधिकरणले जनाएको छ । ढुवानी गरिएको कार्गो सामाग्रीहरुमा राशन, तरकारी, निर्माण सामाग्री, पर्यटकहरुको क्याम्पीङ, कपडा लगायतका रहेको बताइएको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा भ्रमणका लागि आउने विदेशी तथा स्वदेशी पर्यटकहरुले यस विमानस्थल प्रयोग गर्ने गर्दछन् । रोमाञ्चक अनुभूति दिने विश्वभरका विमानस्थलमध्ये आठौँ स्थानमा लुक्ला पर्दछ । लुक्ला विमानस्थलका लागि उडान गर्दा १० मिनेटमा देखिने दृश्य र अनुभवले निकै रोमाञ्च सिर्जना गर्ने जानकारहरु बताउँछन् । यो विमानस्थल सर एडमन्ड हिलारीको सहयोगमा सन् १९६० मा निर्माण भएको हो । वि.स. २०६४ पुसमा एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको सम्मानमा उनीहरूकै नामबाट विमानस्थलको नामाकरण गरिएको हो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया