छोरी बलात्कारको आरोपमा बुवा पक्राउ

 असोज २४, २०७५ बुधबार ८:५६:७ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – छोरी बलात्कार गरेको आरोपमा रोल्पा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । बुवाबाटै पटक–पटक बलात्कृत भएकी १४ वर्षकी बालिका गएको भदौमा भागेर दाङ आफन्तकोमा गएकी थिइन् । 

बुवाले पटक–पटक बलात्कार गर्ने र बलात्कार गरेको कसैलाई भनेमा मार्छु भनि धम्की दिएका कारण चुप लागेकी उनले दाङ पुगेर आफन्तलाई सबै कुरा भनेपछि घटना बाहिर आएको हो । 

सानिमामार्फत न्यायका लागि रोल्पा सदरमुकाम लिबाङ आएकी उनलाई रोल्पाका महिला अधिकारकर्मीको सहयोगमा प्रहरीकोमा उजुरी गर्न लगाइएको थियो ।

छोरी बलात्कारको आरोप लागेका रोल्पा नगरपालिकाका ४३ वर्षीय बुवालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया